गण्डकीमा सेपाक ताक्रो खेलको रेफ्रि प्रशिक्षण सुरु

पोखरा स्पोर्टस । सेपाक ताक्रो खेलको रेफ्रि प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ ।

तीन दिने प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले शुभारम्भ गरेका छन् ।

सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले परिषदले रेफ्रि र प्रशिक्षकहरु उत्पादनका लागि विशेष कार्यक्रम अघि सारेको बताउँदै निश्पक्ष र धाँधलीरहित खेलका लागि रेफ्रिहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

लामो समय खेलकुद प्रतियोगिताहरु केन्द्रका रेफ्रिहरुको भरमा सञ्चालन गर्दा खर्च बढेको बताउँदै स्थानिय रेफ्रिहरुको उत्पादनले खेलको विकासमा समेत सहयोग पुग्ने बताए । उनले सहभागिहरुलाई आफूले सिकेको शिपको सहि सदुपयोग गर्दै सेपाक ताक्रो खेलको विकासका लागि अघि बढ्न आग्रह गरे ।

रेफ्रि प्रशिक्षणमा गण्डकी प्रदेशका ९ जिल्लाका ३० जनाको सहभागिता रहेको छ ।

कार्यक्रम गण्डकी प्रदेश सेपाक ताक्रो संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close