पोखरामा ‘सिडिओ कप’ ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा स्पोर्टस । पोखरामा ‘सिडिओ कप’ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ,

कास्की जिल्ला ब्याडमिन्टन संघको अयोजनामा उक्त प्रतियोगिता यहि वैशाख २१ र २२ गते हुने भएको हो । प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र महिला तथा पुरुष खुल्ला, भेट्रान्स र महिला यू–१५ लगायतका विद्यामा प्रतिस्पर्धा हुने भएको कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा राजपत्रांकित निजामती उपसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारी (सरकारी संस्थानका नवौं तह वा सो भन्दा माथिका कर्मचारी) पुरुष सहभागी हुन पाउने छन् । कर्मचारीतर्फको प्रतिस्पर्धामा प्रथम पुरस्कार ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ रहेको छ । जनप्रतिनिधि खुल्ला पुरुष डबल्स्तर्फ क्रमश नगद रु ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

४५ र ५० वर्षमाथिका भेट्रान्स खुला पुरुष डबल्सतर्फका बिजेताले प्रथम, द्वितीय र तृतीयले क्रमश नगद रु ४० हजार, २५ हजार र २४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसै गरी नेपाल शीर्ष २० औं  वरियतामा रहेका बिना विभागीय खुला पुरुष डबल्स्तर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत नै हुने यु–१५ महिला खुला सिगंल्स्तर्फ प्रथम, द्वितीय र तृतीयले क्रमश नगद रु ३०, २० र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको संरक्षकमा जिल्ला प्रशासन कार्यालय कास्की रहेको छ । प्रतियोगिता आधारभूत स्तरबाटै ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सचेत र सामूहिक भावनाले अभिवृद्धि गराउने उद्देश्य साथ गर्न लागिएको आयोजकले जनाएको छ ।

तस्बिर : सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close