नेपाल फेन्सिङ संघको अध्यक्षमा दोहोरिए श्रेष्ठ

पोखरा स्पोर्टस । नेपाल फेन्सिङ संघको अध्यक्ष सुनिल कुमार श्रेष्ठ दोहोरिएका छन् ।

संघको त्रुधबार सम्पन्न पाँचौ केन्द्रिय अधिवेशनतथा साधारण सभाले श्रेष्ठसहित १५ सदस्यिय कार्यसमिति आगामी चार वर्षका लागि निर्वाचित गरेको हो ।

संघको पाँच उपाध्यक्षमा गण्डकी प्रदेशका विजय शाहीसहित निराकारमान सिंह रेग्मी, हेल्गा राणा रायमाझी, राजेन्द्र श्रेष्ठ र सञ्जिव तुलाधर सर्वसम्मत निर्वाचित भएका छन् ।

यसै गरी संघको महासचिबमा सुजनलाल श्रेष्ठ निर्वाचित भएका छन् । महासचिब पदमा भने निर्वाचन भएको थियो । महासचिब पदमा अभिषेक कार्कीले समेत उम्मेदवारी दिएका थिए । तर निर्वाचनमा २७ मतसहित सुजनलाल निर्वाचित हुँदा अभिषेकले ८ मत पाए ।

संघको सचिवमा प्रविणलाल नापित र कोषाध्यक्षमा अनुप कपाली सर्वसम्मत निर्वाचित भएका छन् ।

यसै गरी कार्यसमिति सदस्यमा थानेश्वर ढकाल, सुरेन्द्र प्रसाद चौधरी, सतिशराम बैद्य, ज्ञान बहादुर तामाङ, त्रैलोक्यनाथ पाण्डे र सविन मानन्धर निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close