पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’

पोखरा स्पोर्टस । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा अफिसियल ड्रिङ्किङ वाटरमा ‘ग्लेज’ जोडिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रा.लि.द्वारा उत्पादित ‘ग्लेज’ अफिसियल ड्रिङ्किङ वाटरको रुपमा जोडिएको हो ।

अफिसियल ड्रिङ्किङ वाटर ‘ग्लेज’को उत्पादक नेचुरल फुड एण्ड वेभरेज प्रा.लि.का सञ्चालक विनोद बराल र मञ्चका अध्यक्ष दीननाथ बरालविच समझदारी पत्र आदन प्रदान भएको छ ।

पोखरा–१३ आर्वामा समुदायस्ततरमा सञ्चालित ग्लेज मुलबाट निस्केको प्राकृतिक मिनरलयुक्त पिउने पानी हो । प्रतिघण्टा ४ हजार लिटर क्षमता भएको उद्योगबाट २० लिटरको जार, एक लिटर र ५ सय मि.लि.को बोत्तलमा बजारमा उपलब्ध छ ।

यसै गरि सहारा क्लव हङकङले संस्थागत सहयोग गर्ने भएको छ । बुधबारनै क्लवका कार्यवहाक अध्यक्ष खमबहादुर गुरुङ (सरोज)ले अवार्डलाई नगद रु. १५ हजार संस्थागतरुपमा उक्त सहयोग गरेका हुन् । मञ्चले आयोजना गर्ने उक्त अवार्डले खेलाडी र यस क्षेत्रमा लाग्नेहरुका लागि प्रोहोत्साहन हुने बताउँदै उनले सहयोग गरेको बताए ।

यस्तै नेपाली महिला राष्ट्रिय महिला भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङले उक्त अवार्डलाई नगद रु २५ हजार सहयोग गरेकी छन् । 

अवार्डको मिति नजिकिँदै गर्दा नेपाल बाहिरबाट समेत सहयोगी संघसंस्था तथा मनहरु जोडिने क्रममा जारी रहेको अन्तराष्ट्रिय समन्वय समिति सह–संयोजक सुर्दशन रञ्जितले जानकरी दिए ।

मञ्चले अवार्ड अन्तर्गत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।

७ विधामा वितरण अवार्ड अन्र्तगत लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवाड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने छ ।

मञ्चले बैशाख २८ गते पोखरा सभागृहमा पोखरा स्पोर्टस अवार्ड–२०८० आयोजना गर्दैछ । जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान ‘टेलजी ईलेक्ट्रिक स्कुटर’ प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close