कास्की जिल्ला लिग फुटबलको सम्पूर्ण तयारी पुरा, २१ क्लब भिड्दै

पोखरा स्पोर्टस । कास्की जिल्ला फुटबल संघको आयोजनामा यही बैशाख १९ गतेदेखि हुने ‘बलराम स्मृति जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता’को सम्पूर्ण तयारी पुरा भएको छ ।

संघले एक प्रेश विज्ञप्तीमार्फत तयारी पुरा भएको जनाएको हो । पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कास्कीका २१ वटा क्लबहरुको सहभागिता हुने कास्की फुटबल संघका अध्यक्ष उज्वल रञ्जितले जनाएका छन् ।

झण्डै दुई वर्षपछि हुन लागेको कास्की लिग प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघका महासचिब बुद्धि बहादुर खत्री क्षेत्रीले जनाएका छन् ।

त्यसै गरी उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने छ भने अन्य विभिन्न विद्या तथा हरेक खेलमा प्लेयर अफ दि म्याच समेत प्रदान गरिने संघले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुनेमा ७ लाख नगद अखिल नेपाल फुटबल संघले उपलव्ध गराउने भएको संघले जनाएको छ ।

प्रतियोगिताले कास्कीमा रहेका प्रतिभावान खेलाडीहरुको पहिचानका लागि महत्वपूर्ण हुने संघले जनाएको छ ।

कास्की लिग सञ्चालन हुने भए पछि सुनसान बनेको पोखरा रंगशालाको फुटबल स्टेडियम पुनः चलायमान हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close