पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको निर्देशकमा तिमिल्सिना

पोखरा स्पोर्टस । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती पोखराको निर्देशकमा कृष्ण तिमिल्सिना नियुक्त हुनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को मिती २०७७ मंगसिर १७ गतेको सदस्यसचिव स्तरिय निर्णय अनुसार समितीको रिक्त रहेको पदमा तिमिल्सिनालाई बढुवा गर्दै निर्देशकको जिम्मेवारी दिएको हो । उहाँ यस अघि सोही कार्यालयमा ५ वर्ष देखि उपनिर्देशक पदमा हुनुहुन्थ्यो । यस अघि निर्देशक रहनुभएका विद्या मर्सानी २०७७ असार १३ गते देखि सेवानिवृत भए पछि ५ महिना देखि उक्त पद रिक्त रहेको थियो ।

२०४० साल देखि खेल जिवन शुरु गर्नु भएका निर्देशक तिमिल्सिनाले जिम्न्याष्टिक खेलबाट ८ वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुभएको छ । २०५२ सालमा राखेपमा स्थायी नियुक्ती पाउनु भएका उहाँले कास्की जिल्ला खेलकुद विकास समितीमा प्रशिक्षण इन्चार्जको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । उहाँ पोखरा महानगर पालिका १० का स्थायी बासिन्दा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close