राष्ट्रिय माविको हीरक महोत्सवमा छात्र/छात्रा सडक दौड हुने

पोखरा स्पोर्टस । पोखरा वडा नं १ स्थित राष्ट्रिय माविको हीरक महोत्सवमा छात्र/छात्रा ५ किलोमिटर सडक दौड हुने भएको छ । उक्त प्रतियोगिता आगामी २०८१ साल वैशाख २९ गते शनिवारका दिन हुने भएको हो । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता हुने छ ।

Screenshot

दौड प्रतियोगितामा प्रथम द्वितीय, तृतीय हुन सफल छात्र/छात्रालाई क्रमश जनही नगद रु ७ हजार र ५ हजार, ३ हजार नगदसहित पदक र प्रमाण प्रदान गरिने छ । सडक दौड विद्यालय गेटबाट सुरु भई हरिचोक, विन्ध्यवासिनी, वागलुङ वसपार्क, भीमसेन टोल, ज्ञानुभुमि स्कुल चोक, क्याम्पस गेट, सिमपानी चोक, हरिचोक हुँदैविद्यालय गेटमा आएर समापन हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि विद्यालयद्वारा गठित खेलकुद उप–समितिका संयोजक एवं पूर्व विद्यार्थी तेज वहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । जस अनुसार आर्थिकमा राजु के.सी, जलपानमा वरुणविक्रम राणा, प्रचार-प्रसारमा नारायण चापागाईँ, प्राविधिकमा विद्या मर्सानी, पदक तथा प्रमाणप्रत्रमा रमेशकुमार श्रेष्ठ, समारोहमा विष्णुकुमाार गुरुङ स्वयम सेवक परिचालनमा सोमनाथ सुवेदी, सुरक्षा समन्वयमा जुम प्रसाद गुरुङ प्रथामिक उपचारमा अनिष गुरुङ र दर्ता-रजिष्ट्रेशनमा कुलप्रसाद पौडेलको संयोजक रहेका छन् ।

गत बैशाख १४ गते खेलकुद उपसमितिको बैठकमा विभिन्न सहयोग समितिका काम कर्तव्य र अधिकार सम्बन्धमा तथा विभिन्न प्रतियोगिताका बारेमा संयोजक गुरुङले जानकारी दिएका थिए । उक्त वैठकमा गठित विभिन्न सहयोग उपसमितिका संयोजकहरुले आफ्ना राय र सुझाव प्रस्तुत गरेका थिए भने हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्ष राम विक्रम राणा, सल्लाहकार संयोजक १ नं वडा का अध्यक्ष साहारा प्रधान, शिक्षक अभिभावक संघका अध्यक्ष रमेशप्रसाद पौडेलले आ–आफ्ना भनाई राखेका थिए ।

वि.सं २००६ साल मंसिर २० गते तत्कालिन पोखरा पब्लिक मिडिल स्कुलको नामले स्थापित गण्डकी प्रदेशकै ऐतिहासिक शैक्षिक धरोहर राष्ट्रिय माध्यमिक विद्यालयले गत २०८० साल मंसिर २० गते ७५ औं वर्षमा प्रवेश गरेको हो ।

हीरक महोत्सव मनाउन विभिन्न २२ वटा कार्यक्रम मध्ये उक्त दौड प्रतियोगिता, आगामी असोजमा विद्यालयस्तरीय ठेलो प्रतियोगिता र छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close