नेकोस कप राष्ट्रिय महिला भलिबल : गण्डकी बन्यो चौथो, रिक्जना उदीयमान खेलाडी

पोखरा स्पोर्टस । नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले चौथो स्थान हासिल गरेको छ । । हेटौंडामा बुधबार तेस्रो स्थानमा लागि भएको खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग पराजित हुँदा चौथो स्थानमा रह्यो । गण्डकी पुलिससँग २३–२५, १८–२५ र १८–२५ ले पराजित हुन पुग्यो ।

चौथो बनेको गण्डकीले नगद ५१ हजार रुपैयाँ हात पारेको छ । गण्डकीकी रिक्जना बोटे प्रतियोगिताकै उदीयमान खेलाडी बनिन् । उनले ट्रफी र नगद ५ हजार पाइन् ।

तेस्रो बनेको पुलिसले १ लाख प्राप्त गर्न सफल रह्यो । फाइनलमा एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यू डायमण्ड स्पोर्टस क्लब च्याम्पियन बन्यो । न्यू डायमण्डले एपिएफलाई २५–१२, २५–२३ र २५–१८ ले जित निकाल्यो । उपाधि जितेको न्यू डायमण्डले नगद ५ लाख हात पार्दा उपविजेता बनेको एपिएफले ३ लाखमा चित्त बुझायो ।

उत्कृष्ट सर्भर कोपिला राना पुलिस, उत्कृष्ट लिब्रो न्यु डायमन्ड सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफ गरिमा बोहोरा, उत्कृष्ट सेटर न्यु डायमन्ड प्रगति नाथ, उत्कृष्ट स्पाइकर एपीएफ निरुता ठगुन्ना र बेस्ट प्लेयर डाइमन्डकी सुमित्रा रेग्मी चुनिए । नेपाल स्पोर्ट क्लबको आयोजनामा भएको प्रतियोगितामा ६ टोली सहभागी भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close