फोटो पत्रकार कास्की पाहुना टोली बंगालादेशी फोटो पत्रकार संग पराजित

पोखरा स्पोर्टस । फोटो पत्रकार संघ (एनपिजेए) कास्की पाहुना टोली बंगालादेशी फोटो पत्रकार संगको मैत्रीपूर्ण फुटबल खेलमा पराजित भएको छ ।

पोखरा रंगशालामा सम्पन्न मैत्रीपूर्ण प्रतियोगितामा एनपिजेए कास्की ४–१ गोलले पराजित भएको हो । हाफटाइम सम्म बराबरीमा खेलेका दुबै टिम हाफटाइम लगतै बंगालादेशी टिम एनपिजेए कास्की माथी हाबी भएको थियो ।

बंगालादेशी खेलाडी मोहमद जाकिर हुसेन शाहिनले ह्याट्रिक पुरा गरे भने मेहदीहसन टोपुले आफ्नो टिमका लागि एक गोल थपे ।

यता एनपिजेए कास्कीका लागि एक मात्र गोल शुसिलले फर्काए ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागि पाहुना तथा आयोजक टोलीलाई पोखरा महानगरका मेयर धनराज आचार्य, प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, एनपिजेए कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले मेडल, प्रमाणपत्र र मायाँको चिनो प्रदान गरेका थिए ।

यस अघि उक्त खेलको शुभारम्भ राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गरेका थिए ।

स्मरणिय के छ भने केही दिन अघि बाठमाडौंमा सम्पन्न यस्तै मैत्रीपूर्ण खेलमा समेत बंगालादेशी टिमले जित हासिल गरेको थियो । बंगालादेशी टिम एफएनपिजे केन्द्रको निमन्त्रणामा नेपाल आएको हो ।

फोटो : सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close