कास्कीको ताङतिङमा ‘हिमालय खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ सुरु

पोखरा स्पोर्टस । कास्कीको मादी गाउँपालिकास्थित ताङतिङमा ‘हिमालय खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ सुरु भएको छ ।

स्क्रयाबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा देश भरिका ८ जिल्लाका ४४ जना खेलाडीले सहभागिता जनाएको प्रतियोगिताका संयोजक तथा प्रविधि संयोजक अर्जुन पाण्डेले जानकारी दिएका छन् ।

हिमालय मिलन माविको स्वर्ण महोत्सव समेतको अवसरमा आयोजना भएको प्रतियोगितामा पहिलो दिन १० खेल सम्पन्न भएको र बाँकी ४ खेल शनिबार खेलाईने क्लबका अध्यक्ष केशव प्रसाद पराजुलीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

उदघाटन सत्रमा मादी गाउँपालिका २ का वडा अध्यक्ष भोज बहादुर गुरुङ, मादी गा पा २ गाउँ कार्यपालिका सदस्य पूर्ण सुब्बा गुरुङ, हिमालय मिलन माविका अध्यक्ष गुमन ध्वज गुरुङ, ताङतिङ पर्यटन परिषदका अध्यक्ष भूपाल गुरुङ, क्लबका केन्द्रिय प्रतिनिधि पूर्ण बहादुर राना, भोजराज सुवेदी, बुद्ध गौतम, अमर कुँवर, अर्जुन पाण्डे, तनहुँ जिल्ला संयोजक विनोद पौडेल, बारा जिल्ला संयोजक सुभाष अधिकारी, नबलपरासी संयोजक पूर्ण सिंजाली लगायत विभिन्न बिद्यालयका शिक्षक शिक्षिका, स्थानिय बासिन्दा, हिमालय मिलन माविका शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो।

शिक्षा सँगै खेल र आधुनिक शिक्षण सहजतालाई आफ्नो मुख्य कर्म मान्दै आएको स्क्रयाबल क्लवले कास्की जिल्लाको मादी गाउँपालिकामा रहेको हिमालय मिलन माविमा ‘हिमालय खुल्ला स्क्रयाबल प्रतियोगिता सञ्चालन गरेको हो ।

पहिलो दिन शीर्ष ५ स्थानमा पर्न सफल खेलाडीहरु
१. अर्नब पाण्डे
२. अंकित विक
३. बिनिता बर्मा
४. प्रसिद्ध तिमिल्सिना
५. निराजन पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close