कास्की जिल्ला अन्तर पालिकास्तरीय भलिबल २१ र २२ गते हुने

पोखरा स्पोर्टस । कास्की जिल्ला अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता यहि बैशाख २१ र २२ गते हुने भएको छ ।

कास्की जिल्ला भलिबल संघको वार्षिक कार्यक्रम अनुसार उक्त प्रतियोगिता पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा हुन लागेको हो ।

तेस्रो संस्करणको उक्त प्रतियोगितामा कास्कीका चार गाउँपालिका माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा संगै पोखरा महानगर पालिका गरी पाँच पालिकाको सहभागिता हुने भएको कास्की भलिबल संघका अध्यक्ष विष्णु गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

नक आउटका आधारमा सञ्चालन हुन लागेको प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च हुने अध्यक्ष गुरुङले जानकारी दिए

प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद रु ६० हजार र सेमीफाइनालिष्ट दुई टिमलाई समान नगद रु १०–१० हजार प्रदान गरिने छ ।

यसै गरी उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार र वेष्ट डिफेन्डर, वेष्ठ ब्लकर, वेष्ट सेटर, वेष्ट स्पाइकर वेष्ट सर्भर र वेष्ट प्रशिक्षकलाई जनही नगद रु २ हजार ५ सय प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close