वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल नेपालमा

पोखरा स्पोर्टस । वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेकी छिन् ।

नेपालमा पछिल्लो समय ट्रायथलनको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आएकी हुन् ।

यसक्रममा उनी पोखरा जानेछिन् । पोखरामायहि बैशाख १५ र १६ गते एसियनकप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसप हुँदैछ । यसमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।

उक्त प्रतियोगिता वर्ल्ड ट्रायथलनको मान्यता प्राप्त आधिकारिक प्रतियोगिता रहेकोले पनि अध्यक्ष मारिसोलको भ्रमणले थप उत्साह थपिएको संघले जनाएको छ ।

नेपालले सन् २०१५ देखि साउथ एसियन ट्रायथलन र सन् २०१९ देखि एसिया ट्रायथलन कपको आयोजना गर्दै आएको छ ।

वर्ल्ड ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि नेपाल आउने कार्यक्रम रहेको छ । उनी शुक्रबार काठमाडौं आइपुग्नेछन् ।

नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले अध्यक्ष मारिसोललाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेका थिए ।

वर्ल्ड ट्रायथलनको मुख्यालय स्विटजरल्यान्डको लुसानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close