सहारा क्लब पोखराले स्पोर्टस अवार्डलाई ५० हजार सहयोग गर्ने

पोखरा स्पोर्टस । नेपाली फुटबलको विकास र सामाजिक कार्यमा क्रियाशिल सहारा क्लब पोखराले आठौं पोखरा स्पोर्टस अवार्डलाई ५० हजार सहयोग गर्ने भएको छ ।

खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि बैशाख २८ गते पोखरामा आयोजना हुने प्रदेशकै महत्वपूर्ण कार्यक्रममा क्लबले ५० हजार सहयोग गर्ने भएको हो । स्पोर्टस अवार्डको सुरुआतबाटै सहयोग गर्दै आएको सहारा क्लवले अवार्ड कार्यक्रम अन्तर्गत हुने यूवा खेलाडीलाई प्रोत्सहानका लागि प्रदान गरिने वर्ष उदीयमान खेलाडीका लागि सहयोग गरेको छ ।

सहारा एकेडेमीमा आयोजित एक कार्यक्रमका बीच मञ्चका अध्यक्ष दिननाथ बराल र क्लबका अध्यक्ष केशवराज बरालले सम्झौतापत्र आदान प्रदान गरेका छन् ।

सम्झौता कार्यक्रममा सहारा क्लबका पूर्व अध्यक्ष विरभद्र आचार्य, खेलकुद पत्रकार मञ्चका पूर्व सल्लाहकार सुदर्शन रञ्जित, सदस्य रोहितराज पराजुली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, क्लवका मानार्थ सदस्य एवं समाजसेवी महेश गुरुङ, लोक गुरुङ, मुछेत्र गुरुङ लगायतको सहभागिता रहेको थियो ।

क्लवले सुरूवात देखि उक्त बिधामा पुरस्कार प्रायोजन गर्दै आएको अध्यक्ष बरालले बताउँदै सहयोग प्रति धन्यवाद समेत दिए । क्लवका अध्यक्ष बरालले खेलकुदक्षेत्रको लागि ठुलो इभेण्ट भएकोले आफुहरुले विगतका बर्ष देखि सहयोग गर्दै आएको उनको भनाई थियो ।

यसै बिच पोखरा महानगरपालिका वडा नम्बर १५ बाट उक्त पोखरा स्पोट्र्स अवार्डको लागि २५ हजार सहयोग उपलब्ध गराउने भएको अध्यक्ष तोरण बहादुर बानियाँले बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका बानियाँले उक्त अवार्ड खेलाडीलाई प्रोत्साहन गर्ने भएकोले यसलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।

आठौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनु भयो ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा हुन लागेको कार्यक्रमको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ ।

अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, मुस्ताङ गल्फ कोर्ष, गुरुङ हर्वल व्युटी पार्लर लगायतले सघाउने भएका छन् ।

थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा मा ई मोर्टस् प्रा.लि.ले उक्त अवार्डलाई सहयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close