‘खेल्छ गण्डकी’मार्फत सहारा एकेडेमीमा यू–१४ फुटबल प्रशिक्षण सम्पन्न

पोखरा स्पोर्टस । ‘खेल्छ गण्डकी’मार्फत सहारा एकेडेमीमा यू–१४ फुटबल आवाशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्य तथा सहारा क्लब पोखराको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

पोखरा १७ दोविल्लास्थित सूर्य केसी स्मृति सहारा एकेडेमीमा आयोजित १० दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुदका अध्यक्ष तोरण बाँनिया, सहाराका मानार्थ सदस्यहरु महेश गुरुङ, लोक बहादुर गुरुङ, मुछेत्र गुरुङ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष दिननाथ बरालले प्रमाणपत्र वितरण गरेका थिए ।

१० दिन सम्म सञ्चालन भएको प्रशिक्षणमा ८ देखि १४ वर्ष मुनीका विभिन्न ८ जिल्लाका ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको थियो ।
फोटोः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close