
पोखरा स्पोर्टस । नयाँ वर्षको अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा रेस्लिङ खेलको RW Summer Slam महाभिडन्त हुने भएको छ।
राजधानी काठमाडौदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुर्य चौरलाई थप पहिचान दिलाउन नेपाल रिङ्ग रेस्लिङ्ग संघ को आयोजना, गाउँपालिकाको सहकार्यमा र राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेश को सहयोग मा उक्त RW Summer Slam प्रतियोगिता गर्न लागीएको जनाएको छ।
नयाँ वर्षका दिन वैशाख १ गते दिउँसो २ बजेदेखि सुरु हुने रेस्लिङ भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टानको रोमाञ्चक भिडन्त हेर्न सकिनेछ । त्यस्तै लाइट हेभी तर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन्। त्यस्तै महिला भिडन्त अन्तर्गत तानु, दिलसा र डेनिका, हार्ड कोर प्रतियोगिता अन्तर्गत द युब र थागु भिड्नेछन् ।
प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने रिङ रेस्लिङ संघकी महासचिव तथा राखेप सदस्य सुर्वण श्रेष्ठले जनाएकी छन ।
