एसियाकप ट्रायथलनमा सहभागि हुन नेपाली टोली पोखरामा

पोखरा स्पोर्टस । पोखरामा आयोजना हुने एसियाकप ट्रायथलनमा सहभागि हुन नेपाली राष्ट्रिय टोली यहाँ आइपुगेको छ ।

नेपाल ट्रायथलन संघको आयोजनामा यहि बैशाख १५ र १६ गते आयोजना हुने सातौं एसियाकप ट्रायथलनमा सहभागि हुन ९ सदस्यिय नेपाली टोली पोखरा आइपुगेको हो । टोलीमा ४ महिला र ५ पुरुष रहेका छन् ।

नेपाली महिला टोलीमा पुष्पा रोकाया, शोभा बलामी, श्रेवी महर्जन र ज्ञानु कुमार चौधरी रहेका छन् भने पुरुषतर्फ विपान खत्कत्वा, मुकेश थारु, प्रविन थारु, यजु महर्जन र मौलिक महर्जन । उनीहरुले प्रतियोगिता अन्तर्गत हुने एसिया कप संगै सायथ एसियन ट्रायथलन च्याम्पियनसिप र राष्ट्रिय च्याम्पियसिप गरी तिन छुट्टा–छुट्टै इभेन्टमा सहभागिता जनाउने छन् ।

नेपाली खेलाडी मध्ये श्रेवी महर्जन, यजु महर्जन र मौलिक महर्जन १९ औं एसियाली खेलकुदमा सहभागिता जनाइसकेका खेलाडी हुन् । नेपाली खेलाडीहरुले शुक्रबार सम्म बन्द प्रशिक्षणमा सहभागि हुने संघका कोषाध्यक्ष निरज श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनीहरुलाई प्रशिक्षक सानुभाई पौडेलले प्रशिक्षण दिनेछन् ।

एसिया कप ट्रायथलनमा सहभागिता जनाउन यो समाचार तयार पार्दा सम्म नेपालसहित १५ विभिन्न देशका ६४ जनाले नाम दर्ता गराएका छन् ।

प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्लेस्टाइन, उरुग्ये, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, वंगालादेश, उज्बेकिस्तानलगायतका देशका खेलाडीले सहभागिता जनाउने छन् । गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको संख्या गत वर्ष भन्दा बढि हो ।

प्रतियोगिता अवलोकनका लागि वर्ल्ड ट्रायथलन फेडेरेशनका प्रेसिडेन्ट मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी नेपाल आउने पक्का भइसहेको छ । उनीहरु दुवैजना स्पेनका हुन् ।

प्रेसिडेन्ट मारिसोल र  महासचिव एन्टोनियोको आगमनले यो खेल अझै विशेष भएको संघले जनाएको छ । विशेष गरी पोखरामा वर्ल्ड ट्रायथलन आयोजना गर्नका लागि भेन्यू अवलोकन संगै नेपाल सरकार र आयोजक शहर पोखरा महानगरको सहकार्यको लागि प्रतिवद्धताका सम्वन्धमा समेत छलफल हुने भएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close