मदन भण्डारी स्पोर्टस एकेडेमीले बुटवलमा हाफ म्याराथन संगै राष्ट्रिय खुल्ला रोड रेस गर्नेे

पोखरा स्पोर्टस । जननेता मदन भण्डारीको नाउँमा स्थापित संस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा हाफ म्याराथन संगै राष्ट्रिय खुल्ला रोड रेस गर्नेे भएको छ ।

एकेडेमीले सोमबार एक प्रेश विज्ञप्तीमार्फत जेठ ३ गते स्वर्गिय जननेता मदन भण्डारीको ३१ औ स्मृति दिवसको अवसर पारेर  बुटवलमा उक्त प्रतियोगिता आयोजना गर्ने जनाएको हो । युवा खेलाडीहरुलाई लक्षित गरि प्रतियोगिता गर्न लागिएको एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले बताएका छन् ।

प्रतियोगिताअन्तर्गत हाफ म्याराथन २१ किलोमिटर (खुल्ला पुरुष), दौड १० किलोमिटर कलेज स्तरीय पुरुष, ५ किलोमिटर विद्यालयस्तर छात्र तथा ३ किलोमिटर दौड छात्रा र १ सय मिटर दौड छात्र–छात्रा हुने छ भने जेष्ठ नागरिकहरुलाई लक्षित गरि वाकाथन समेत जोडिएको अध्यक्ष आचार्यले जानकारी दिए । उनले प्रतियोगिताले ‘बालकदेखि वृद्धसम्म जोड्ने गरि खेलकुदलाई जोड्ने गरि कार्यक्रम अघि बढाएको जनाए ।

प्रतियोगितामा सहभागि उत्कृष्ट १५ खेलाडीहरुलाई पुरस्कृत गरिने एकेडेमीले जनाएको छ । प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेका अनुसार हाफ म्याराथनको उपाधि विजेतालाई नगद १ लाख, उपविजेतालाई ७५ हजार, तृतियलाई ५० हजार, चौथौलाई ३० हजार, पाचौलाई २० हजार, छैटौलाई नगद १० हजार रुपैया प्रदान गरिने छ।

यसैगरि कलेजस्तरीय १० किलोमिटर छात्र दौडमा प्रथम, द्वितिय, तृतिय गरि क्रमश छैटौसम्म ३५, २५, १५, १०, ७ र ५ हजार रुपैयाँ नगद र विद्यालयस्तरीय छात्रमा प्रथम देखि छैटौसम्म क्रमश २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । छात्रास्तरीय ३ किलोमिटर दौडको भने प्रथमदेखी छैटौसम्म क्रमश १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैया नगदका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न करीब ४० लाख रुपैया खर्च हुने आयोजकको अनुमान छ ।

यसैगरि मुटुको शल्यक्रिया गरेका ओलम्पिक बैकुण्ठ मानन्धरलाई दुई वर्षका लागि मासिक ४ हजार रुपैयाका दरले एकेडेमीबाट जेठ ३ गते सहयोग रकम प्रदान गरिने अध्यक्ष आचार्यले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close