वाइ वाई यू–१९ क्रिकेट : गण्डकीको खराब प्रदर्शन, सुप संग ५ विकेटले पराजित

पोखरा स्पोर्टस । बिराटनगरमा जारी वाइ वाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेटमा आफ्नो चौथो खेलमा खराब प्रदर्शन गर्दै सुदुरपश्चिम प्रदेश संग ५ विकेटले हार व्यहोरेको छ ।

बिहिबार सम्पन्न खेलमा ५ विकेट संगै १४४ बल बाँकी हुँदै गण्डकी विरुद्ध सुदुर पश्चिमले खेल आफ्नो पक्षमा पारेको हो । गण्डकीले पारीको सुरूवात गर्दै २६ ओभरमा १०२ रनमा अल आउट हुन पुग्यो । गण्डकीलाई धराशायी बनाउन सुपका सचिन भट्टले ८.५ ओभरमा ३ मेडनका साथ ५ विकेट झारे । गण्डकीका टिम कप्तान अर्जुन कुमालले टिमका लागि सर्वाधिक ३५ रन जोडे । उनले ५८ बलमा ४ चौका समेत प्रहार गरे ।

गण्डकीले पहिलो विकेट ६ रनमा नै गुमायो । १३ बलमा ४ रन बनाएका सोहेल कुंवर हेमन्त धामीको बलमा बोल्ड भए । तेस्रो क्रममा आएका सिव्रिन श्रेष्ठ र अर्जुनले टिमका लागि ५२ रन जोडे । गण्डकीले ५८ रनमा दोस्रो विकेट गुमायो । ५२ बलमा ३ चौकाका साथ २५ रन बनाएका सिव्रिन रन आउट भए । सिव्रिन आउट भए लगतै गण्डकीको पारी धरमारायो । करन पगेनी, किरण भट्टराई र रमेश शाह सून्य रनमा आउट भए । गण्डकीका मध्यमक्रमका कुनै पनि व्याट्स्म्यान क्रिजमा टिक्न सकेनन् । बंश क्षेत्रीले ४५ बलमा ५ रन बनाए भने विज्ञान पाण्डेले २० बलमा २ रन जोडे । सूपका हेमन्त धामी र यूवराज खत्रीले समान २/२ विकेट लिए ।

यता जितका लागि सहज १०३ रनको बिजयी रन २६ ओभरमा सूपले ५ विकेट गुमाएर प्राप्त गर्न सफल भयो । ५० ओभरमा छोटो बिजयी लक्ष्य पछ्याएको सूप खेलको दोस्रो ओभरको दोस्रो बलमा अभिषेक थापालई सून्य रनमा गण्डकीले पेभिलिएन फर्कायो । अपराजित पौडेलले उनलाई बोल्ड गरे । २४ बलको सामना गरेका प्रकाश पाण्डेलाई समेत अपराजितले ४ रनमा बोल्ड गरे भने लगतै उनले नरेन भट्टलाई आफनै बलमा क्याच आउट गर्दै सून्यमा आउट गरे । अपराजितको बलिङले एकहद सम्म गण्डकीलाई जिततर्फ अघि बढाए पनि सूपका मध्यम क्रमका व्याट्स्म्यान आशिष लोहार ३९ रन यूवराज खत्रीले २७ रन बनाउँदै सम्हालिएको पारीमा सूपलाई जित तर्फ धकेले । नरेन साउदले २७ रन बनाए ।

अपराजित पौडेलले ९ ओभरमा १ मेडनका साथ ३ विकेट लिए भने किरण भट्टराई र सिव्रिनले समान १/१ विकेट लिए ।

गण्डकीले आफ्ना चार खेलमा २ मा जित र २ मा हार व्यहोरेको छ भने पाँचौ खेल गण्डकीले १७ गते लुम्बिनी प्रदेश विरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close