‘पोखरा स्पोर्ट्स अवार्डलाई भब्य बनाउँछौं’–खेल संघ तथा क्लबको प्रतिवद्धता

पोखरा स्पोर्टस । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् । अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ ।

सोमबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेश खेलकुद परिषद गण्डकीको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । सहभागीले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुशी व्यक्त गरे ।

अवार्ड वितरणलाई पारदर्शी बनाउदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उनीहरुको जोड थियो । सातौं संस्करणसम्मको कार्यक्रम सम्पन्न भइसक्दा खेल क्षेत्रमा अवार्ड कार्यक्रमले बेग्लै रौनकता थप्न सफल भएको उनीहरुको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै आफ्ना भनाई राख्नेमा गण्डकी गल्फ संघ अध्यक्ष इन्द्रधारा विष्ट, गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल, सेपाकताक्रो संघ गण्डकी अध्यक्ष श्याम बहादुर श्रेष्ठ, प्रदेश हक्की संघ गण्डकी अध्यक्ष दीपक बहादुर थापा, सुटिङ एशोसिएसन गण्डकीका कोषाध्यक्ष केबि गुरुङ, नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्ट्स एशोसिएसन गण्डकीका सचिव मोहन खड्का रहेका थिए ।

यसैगरी गण्डकी प्रदेश पौडी संघ अध्यक्ष आनन्द कुँवर, सचिव अनिल थापा, टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डि.वि.नेपाली, गण्डकी प्रदेश एथलेक्टिक्स संघ उपाध्यक्ष इन्द्रा मल्ल, कास्की जिल्ला ह्याण्डबल संघ अध्यक्ष चित्र बहादुर थापा, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, नेपाल ट्रायथोलन संघका डिल्लीराज सुवेदी, टेनिस संघ गण्डकीका अध्यक्ष विनोद कायस्थ, उपाध्यक्ष विष्णुबहादुर थापा, सचिव नविन चालिसेलगायतले अवार्ड कार्यक्रमको लागि सुझाब दिँदै जिज्ञासा समेत राखे ।

उनीहरुका जिज्ञासालाई मञ्चका अध्यक्ष दीननाथ बराल, संघ संस्था परिचालन उपसमितिका संयोजक रोहितराज पराजुली, संस्थापक अध्यक्ष केशव पाठक र महासचिव राजाराम पौडेलले मेटाए ।

कार्यक्रममा मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ, पूर्व सल्लाहकार सुदर्शन रञ्जित, प्रचार प्रसार उपसमितिका सह–संयोजक विजय नेपाल, सदस्य विजय नेपाली, सञ्चारकर्मी लोकेन्द्र मानन्धर, रेखा ढकाल लगायत सहभागी थिए ।

अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाबलाई ध्यान दिँदै त्रुटी रहित ढंगले अवार्ड कार्यक्रम सम्पन्न गर्न अधिकतम प्रयास गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले प्रतिवद्धता जनाए । खेल संघ र क्लबलाई निरन्तर यसरी नै साथ दिन उनले अनुरोध समेत गरे । संघ संस्था परिचालन उपसमितिका संयोजक रोहितराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव तथा प्रचार प्रसार समितिका संयोजक राजाराम पौडेलले गरेका थिए ।

आठौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । 

यसका अलावा साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरिएको मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close