पोखरामा फुटबल रेफ्रिहरुको एक हप्ते प्रशिक्षण सुरु

पोखरा स्पोर्टस । पोखरामा फुटबल रेफ्रिहरुको एक हप्ते प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्य तथा गण्डकी प्रदेश फुटबल संघको आयोजना उक्त प्रशिक्षण सुरु भएको हो ।

क्याटोगरी–४ अन्तर्गतको रेफ्रि प्रशिक्षणको एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले खेल मैदानमा न्याय गर्न रेफ्रिहरुको भूमिका महत्वपूर्ण हुने जनाउँदै आफ्नो क्षमतालाई खेल मैदानमा प्रस्तुत गरी फुटबल विकासमा लागि अघि बढ्न आग्रह गरेका छन् ।

समाजमा बढ्दै गएको निराशाको प्रभाव खेल क्षेत्रमा समेत पर्न थालेको जनाउँदै सदस्य सचिब शर्माले खेलकुदमार्फत अनुशासित र सभ्य समाज निर्माणका लागि रेफ्रिहरुको भूमिका समेत उत्तिकै अपरिहार्य रहेको उल्लेख गरे । उनले भने–“रेफ्रि हुनु त्यती सजिलो विषय होइन । रेफ्रि फिजिकली फिट, निर्णय क्षमतामा उत्कृष्टता र अध्ययन आवश्यक छ भने राज्यले समय समयमा लिने निति र निर्देशनहरुको समेत पालना गर्दै खेलकुद क्षेत्रलाई अझै विशिष्टकरण गर्ने जिम्मेवारी समेत बहन गर्न सक्नुपर्छ ।”

प्रदेश खेलकुद परिषदले खेलकुदमा फजुल खर्च रोक्ने देखि लिएर वातावरण मैत्री र स्थानिय उत्पादनको प्रयोगमा जोड दिएको बताउँदै सदस्य सचिब शर्माले रेफ्रि उत्पदानले गण्डकी प्रदेशको फुटबल विकासमा समेत टेवा पुग्ने बताए ।

कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले फुटबल विकासका लागि रेफ्रिहरुको उत्पादन आवश्यक रहेको जनाउँदै सोही अनुरुप सातै प्रदेशमा यस प्रकारको कार्यक्रम अघि सारिएको बताए । गण्डकी प्रदेश फुटबलको हव रहेको जनाउँदै पोखरा रंगशालामा फल्ड्लाइट भएमा साफ यू–२० पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न एन्फाले पहल गर्ने बताए ।

उनले भने–“हामी संग पोखरा रंगशाला जस्तो स्टेडियम छ । तर फल्ड्लाइट छैन । त्यही भएर पनि अन्तर्राष्ट्रिय मापदण्ड पुरा नहुँदा आयोजनामा समस्या छ । जसका कारण पोखराको फुटबल आयोजनाको अवसरबाट वञ्चित भएको छ ।” उनले यथासिघ्र पोखरा रंगशालामा फ्ल्डलाइट राखी अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसर लिन आग्रह समेत गरे । उनले एक अर्को प्रशङ्गमा एन्फाले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गर्न लागिएको ड्रिम प्रोजेक्टका लागि पहिलो चरणको कार्य गर्न एन्फा तयार रहेको जनाए । उनले भने–“अहिले यो विषय अदालतमा विचाराधिन छ । तर यो मुद्धाको टुङ्गो लागे संगै एन्फा पहिलो चरणमा ८–१० करोड लगानी गर्न तयार छ । सो वातावरण तयार गर्न एन्फाले सबैलाई आग्रह गर्दछ ।” 

गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बिनोद गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।

बैशाख १५ गते सम्म सञ्चालन हुने प्रशिक्षणमा दुई महिलासहित ३४ पुरुष गरी ३६ जनाको सहभागिता रहेको छ । उनीहरुलाई सिनियर रेफ्रि श्रीराम राजशिखाकर, शैलेस जोशी, सचिन अमात्यलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको महासचिव गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close