
पोखरा स्पोर्टस। गण्डकी प्रदेशको छात्रा भलिबल टिम उपाधि नजिक पुगेको छ ।
१४ औं राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत बिहिबार सम्पन्न सेमीफाइनलमा लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
गण्डकीले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२१ ले जित्दै फाइनल प्रवेश गरेको गण्डकीका टिम म्यानेजर पूर्ण बहादुर गुरुङ ‘जापान’ले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
गण्डकीले अब फाइनलमा बागमती प्रदेश विरुद्ध भिड्ने छ ।
