
पोखरा स्पोर्टस । केन्द्रियस्तरीय राष्ट्रपति रनिङ शिल्डमा गण्डकीको छात्रा भलिबल टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंमा जारी प्रतियोगितामा गण्डकीले सुदुर पश्चिमलाई २–० को सोझो सेटमा पराजित गरी फाइनलमा पुगेको हो ।
सेमीफाइनल पुग्न निकै दबाबमा रहेको गण्डकीलाई सुदुर पश्चिमलाई सोझो सेटमा हराउनु पर्ने थियो ।
गण्डकीले पहिलो सेट २५–२० र दोस्रो सेटमा २५–२२ ले जित्दै सेमीफाइनलमा पुगेको छात्रा टिमका प्रशिक्षक मलिन रोकाले जानकारी दिए ।
गण्डकीले लुम्विनी प्रदेश संग सेमीफाइनल खेल्नेछ ।
जारी प्रतियोगितामा गण्डकी कर्णाली संग २–१ को सेटमा पराजित भएको थियो भने सुदुर पश्चिमले कर्णालीलाई २–१ को सेटमा पराजित गरेको थियो ।
कर्णाली एकमा जित र एकमा जितका साथ ३ अंकका साथ समुहको दोस्रो स्थानमा छ भने गण्डकी एकमा जित र एकमा हार ब्यहोर्दै ४ अंकका साथ पहिलो स्थानमा रहेको टिम प्रशिक्षक लेखनाथ लम्सालले जानकारी दिए ।
