
पोखरा स्पोर्टस । १४ औं राष्ट्रिपति रनिङ शिल्डमा गण्डकी प्रदेशका बादल कार्कीले स्वर्ण पदक जितेका छन् ।
काठमाडौंमा जारी प्रतियोगितामा बादलले ८०० मिटर छात्र दौडमा स्वर्ण पदक जितेका हुन् । जारी प्रतियोगितामा बादलको यो दोश्रो स्वर्ण पदक हो । उनले हिजो सम्पन्न १५०० मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।
सम्पन्न दौडमा बादलले २ मिनेट ०५.५५ सेकेण्डको समय निकाल्दै स्वर्ण पदक हात पार्दा सुदुर पश्चिम प्रदेशका विक्रम विष्ट २ मिनेट ०६.४ सेकेण्डको समयमा रजत पदक जिते । कर्णाली प्रदेशका प्रकाश बुढाले २ मिनेट ०६.७ सेकेण्डको समय लिंदै काश्य पदक हात पारे ।
यो संगै गण्डकीले ३ स्वर्ण २ रजत र १ काश्य पदक जितेको छ ।
