
पोखरा स्पोर्टस । काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रियस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड कबड्डी प्रतियोगिताअन्तर्गत गण्डकीले छात्रातर्फ सानदार जित निकाल्दा छात्रतर्फ भने एक अंकले खेलमा हार ब्यहोरेको छ ।
पहिलो दिनको खेलमा छात्रातर्फ गण्डकीले मधेश प्रदेश बिरुद्ध शानदार निकालेको हो । ग
ण्डकीको छात्रा टिम मधेश प्रदेशलाई ६२–२५ को भारी अन्तरले पराजित गरेको छ ।
तय यता छात्र टिम भने कोशी प्रदेश विरुद्धको प्रतिस्पर्धात्मक खेलमा १ अंकले पराजित हुन पुगेको छ । सम्पन्न खेलमा मधेशले ३६ अंक बनाउँदा गण्डकीले ३५ अंक बनायो ।
प्रतियोगिता अन्तर्गत बुधबार छात्रा टिमले लुम्बिनीको सामना गर्नेछ भने गण्डकीको छात्र टिमले सुदुरपश्चिम संग भिड्ने छ ।
