
पोखरा स्पोर्टस । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा पाँचौं राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन हुने भएको छ ।
उक्त प्रतियोगिता आगामी भदौं २८ र २९ हुने भएको हो । प्रतियोगिताअन्तर्गत महिला एथलेटिक फिजिक्स प्रतियोगिता, जुनियर मिष्टर काठमाडौँ प्रतियोगिता तथा पुरुष स्पोर्टस फिजिक्स हुने भएको छ ।
मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा जम्मा ६ वटा वजन समूहमा खेल हुनेछ । जस्मा ५५, ६०, ६५, ७०, ७५ तथा ७५ केजी भन्दा माथि तौल समुह हनेछ ।
त्यसैगरी महिला प्रतिस्पर्धा अन्तर्गत महिला एथलेटिक्स फिजिक्स खुला उचाइ समुह अन्तर्गत प्रतिस्पर्धा गराइनेछ । जुनियर मि.काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा २०८० चैत्र मसान्त सम्ममा २१ वर्ष ननाघेका खेलाडीहरूले भाग लिन पाउने छन् ।
पुरुष स्पोटर््स फिजिक्स अन्तर्गत अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वजन र उचाई समूह गरी दुई समूहमा प्रतियोगिता सञ्चालन हुनेछ । जसमा १७० सेमीभन्दा मुनी र १७० से मी भन्दा माथिको २ वटा बिधा रहने छ ।
प्रत्येक क्लब संघ संस्थाबाट एउटा तौल समूहमा बढीमा दुईजना खेलाडीहरू गरी जम्मा २० जना खेलाडीहरू र एकजना टिम म्यानेजरले प्रतियोगितामा भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउनेछन ।
पहिलो दिन बिहान तौल र हाइट नापिने छ र दिउँसोबाट १० बिधा मध्य ३ वटा बिधा मिष्टर काठमाण्डौं जुनियर तथा दुबै पुरुष स्पोर्ट्स फिनिक्सका फाइनल प्रतियोगिताहरु आयोजना हुनेछ भने महिला एथलेटिक्स फिक्सिङको प्रिजजिङ्ग राउण्ड हुनेछ ।
त्यसै गरी दोश्रो दिन मिस्टर काठमाण्डौं शारीरिक सुगठन प्रतियोगिताका प्रिजजिङ्ग तथा फाइनल खेल र महिला एथलेटिक्स फिजिक्सको फाइनल खेल आयोजना हुनेछ ।
फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका खेलाडीहरूमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश स्वर्ण, रजत तथा काश्य पदक एवं प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछ । प्रत्येक वजन समूहमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश रु १५ हजार १० हजार तथा ५ हजार नगदले पुरस्कृत गरिनेछ ।
मिस्टर काठमाडौँको फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडीहरू बीच प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीलाई काठमाडौँको उपाधि साथै नगद रु १ लाख ५० हजार पुरस्कार ट्रफी तथा ब्यानटले प्रदान गरिनेछ । यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु १ लाख ६५ हजार प्राप्त गर्नेछन् ।
महिला प्रतिस्पर्धा अन्तर्गत फाइनल राउन्डमा छनोट भएका पाँच जना महिला खेलाडीहरूबाट प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीले महिला एथलेटिक्स फिजिक्सको उपाधिका साथै नगद रु ३० हजारका साथमा ट्रफि तथा ब्यानट प्रदान गरिनुका साथै द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश नगद रु १५ हजार तथा नगद रु ५ हजार पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मान गरिनेछ भने चौथो तथा पाँचौं हुने महिला खेलाडीहरूले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन् ।
यस्तै जुनियर मि.काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष स्पोर्टस् फिजिक्स अन्तर्गत १७० सेमी सम्म र १७० सेमी भन्दा माथिको उचाइ समूह गरी दुई उचाइ समूह अन्ततर्गत प्रथम हुने खेलाडीले उपाधिका साथै नगद रु ३० हजार ट्रफी तथा ब्यानेट तथा द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमश नगद रु १५ हजार तथा नगद रु ५ हजार पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौं हुने खेलाडीहरुले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन ।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब रु २२ लाख ५० हजार खर्च हुनेछ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने सचिव बिजयत्म रत्न बज्राचार्यले जानकारी गराएका छन् ।
