
पोखरा स्पोर्टस । सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी उपविजेता भएको छ ।
लामो समय पछि पदकको खडेरीलाई चिर्दै गण्डकीको महिला भलिबल टोलीले राष्ट्रिय प्रतियोगितामा रजत पदक जितेको हो ।
आयोजक बागमती प्रदेश विरुद्ध भएको फाइनलमा गण्डकी ३–० को सोझो सेटमा पराजित हुन पुगेको छ ।
पहिलो सेटमा केही उत्कृष्ट प्रदर्शन गरेको गण्डकी २५–२२ ले गुमाउन पुग्यो । देस्रो सेट २५–१४ ले गुमाएको गण्डकीले तेस्रो सेटमा खराब प्रदर्शन गर्दै २५–११ ले बागमतीलाई सुम्पियो ।
सम्पन्न प्रतियोगितामा गण्डकीकी कप्तान अरुणा शाही उत्कृष्ट सर्भरको उपाधि जितिन् ।
