गण्डकीको पुरुष भलिबल टोली बागमती प्रदेश राष्ट्रिय प्रतियोगिताको उपाधि नजिक

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको पुरुष भलिबल टोली बागमती प्रदेश राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

सात पदेश सम्मिलित ‘प्रथम बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता’ अन्तर्गत गण्डकी प्रदेशको पुरुष भलिबल टोली उपाधि नजिक पुगेको हो ।

सम्पन्न सेमीफाइनल खेलमा सुदुर पश्चिमलाई ३–१ को सहज जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको छ ।

सुदुर पश्चिम विरुद्धको खेलमा पहिलो सेट २२–२५ ले गुमाउन पुगेको गण्डकीले पछिल्ला तीन सेट भने लगातार आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो सेटमा लाइन रेफ्रिको निर्णयमा विवाद हुँदा पहिलो सेटको खेल करिव १० मिनेट अवरुद्ध बनेको थियो ।

तर दोस्रो सेटमा भने ८ अंकको अग्रता लिंदै गण्डकीले सहजरुपमा जित्न सफल भयो । गण्डकीले दोस्रो सेट २५–१७ ले जित्यो ।

त्यस्तै तेस्रो सेटमा पनि गण्डकीले ७ अंकको अग्रतामा आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट २५–१७ ले सहज रुपमा आफ्नो पक्षमा राख्दै सुदुर पश्चिमलाई दबावमा राख्यो ।

चौथो सेटमा समेत गण्डकीका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै २५–२० ले जित्दै फाइनलको यात्रा तय गरेको छ ।

फाइनल खेल भोली (शुक्रबार) हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close