
पोखरा स्पोर्टस । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल पुरुषतर्फ गण्डकीले सेमीफाइनलमा प्रवेश गरेको छ ।
चितवनको भरतपुरमा भर्खरै सम्पन्न कर्णाली विरुद्धको खेलमा गण्डकीले ३–२ को सेटमा संघर्षपूर्ण जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको पहिलो सेटमा २५–२१ ले कर्णालीलाई सुम्पिएको खेलमा दोश्रो सेट भने सहज जित निकाल्दै कर्णालीलाई दबावमा राखेको थियो ।
दोस्रो सेटमा गण्डकीले १४ अंकको बढत निकाल्दै २५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट भने निकै संघर्षपूर्ण रह्यो । कर्णालीले तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै गण्डकीलाई दबावमा राख्यो ।
चौथो सेट गण्डकीले पुनः राम्रो बढतले जित्यो । चौथो सेट ९ अंकको बढतमा गण्डकीले जित्यो । गण्डकीले चौथो सेट २५–१६ ले जित्न सफल भयो ।
तर अन्तिम तथा पाँचौ सेट गण्डकीले १५– १३ ले निकाल्दै सेमीफाइनला सुदुर पश्चिम संग भेट पक्का गरेको छ ।
