एनओसीका महासचिव श्रेष्ठ सहित सबै कर्मचारी कोरोना मुक्त

पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ सहित सवै कर्मचारीहरु कोरोना मुक्त भएका छन ।

गत भदौ ३ गते भएको परीक्षणमा कोरोना सक्रमण देखिए पछि होम आइसोलेसनमा वसेका महासचिव श्रेष्ठ सहित सवै ४ जना कर्मचारीहरु पनि कोरोना मुक्त भएका हुन । २ दिन अघि गरिएको पुनः परीक्षणको नतिजा आज प्राप्त भएको बताउँदै परीक्षणमा आफू सहित सवै कर्मचारीहरु कोरोना मुक्त भएको महासचिव श्रेष्ठले जानकारी दिएका छन । उनले भने–“आज मात्रै पुनः परीक्षणको नतिजा आएको हो, नतिजामा हामी सवैको नेगेटिभ छ ।”

कोरोना पोजेटिभ पाइएपछि एनओसीकै विल्डिङमा स्वास्थ्यलाभ लिइरहेका महासचिव श्रेष्ठले कार्यालयको काममा सहयोग होस भन्नका लागि पनि यहाँ वसेको बताए । “अव म भोली मात्रै निवास फर्कन्छु” उनले भने–“आफू सहित सवै एनओसीका कर्मचारीहरुको स्वास्थ्य लाभका लागि कामना गर्ने सम्पुर्ण शुभेच्छुकहरुलाई धन्यवाद दिन चाहन्छु ।” कोरोना विरुद्ध लड्न सवै एकजुट हुन तथा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु गरेका स्वास्थ्यका मापदण्डहरु पनि लागु गर्न उनले आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close