
पोखरा स्पोर्टस । चितवनको भरतपुरमा बागमती प्रदेश राष्ट्रिय प्रतियोगिता अन्तर्गत पौडीतर्फ गण्डकीका तीन खेलाडीले फाइनल स्थान पक्का गरेका छन् ।
आजबाट सुरु भएको पौडी स्पर्धामा पौडीतर्फ विभिन्न तीन छुट्टा–छुट्टै हिट्समा गण्डकीका खेलाडीहरुले फाइनलमा स्थान पक्का गरेका हुन् ।
महिला ५० मिटर ब्याक स्ट्रोकतर्फ युनिषा कुँवर १ मिनेट १४.९८ सेकेण्डको समय निकाल्दै फाइनलमा स्थान पक्का गरिन् ।
त्यसै गरी १०० मिटर ब्याकस्ट्रोक पुरुषतर्फ निश्चल श्रेष्ठले १ मिनेट ४४.७० सेकेण्डको समय निकाल्दै फाइनलमा स्थान पक्का गर्दा महिला फ्रिस्टाइल १०० मिटर महिलातर्फ रुबी तामाङले १ मिनेट ३९.६० सेकेण्डको समय निकाल्दै फाइनलमा स्थान बनाएको गण्डकीका प्रशिक्षक आनन्द कुंवरले पोखरा स्पोर्टसलाई बताए ।
ति इभेन्टहरुको फाइनल खेल आजनै सम्पन्न हुनेछन् ।
