बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता : भलिबल पुरुषतर्फ गण्डकीको बिजयी सुरुवात

पोखरा स्पोर्टस । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत भलिबल पुरुषतर्फ गण्डकीले बिजयी सुरुवात गरेको छ ।

चितवनको भरतपुरमा सोमबारबाट सुरु भएको भलिबल पुरुषतर्फ गण्डकीले मधेश प्रदेश विरुद्ध ३–१ ले जित निकालेको हो ।

गण्डकीले पहिलो सेट २५–.२०.ले मधेशलाई सुम्पियो । तर पछिल्ला तीन सेट भने आफ्नो पक्षमा पारेको छ ।

गण्डकीले दोश्रो सेट २५– ११ तेश्रो २५–११ र चौथो सेट २५– १८ ले जितेको हो ।

गण्डकीले आफ्नो दोस्रो खेल भोली (मंगलबार) कर्णाली प्रदेश संग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close