पोखरा म्याराथन सफल बनाउन मुख्य प्रायोजक संग छलफल

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन मुख्य प्रायोजक संस्था सुजल डेरी प्राली संग छलफल गरेको छ ।

आगामी फागुन ६ गते आयोजना हुने सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने पोखरा म्याराथनको तयारी सुरु भए संगै छलफल सुरु गरेको जनाएको हो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार विगतका केही संस्करणहरु कोभिड १९ का कारण फरक–फरक मितिमा आयोजना हुँदै आएको पोखरा म्याराथनका सम्पूर्ण इभेन्टहरु एकै पटक हुने जानकारी दिए । उनले भने–“विगतमा कोभिड १९ का कारण हामीले फरक–फरक मितिमा पोखरा म्याराथन आयोजना गर्दै आएका थियौं तर अव सबै इभेन्टहरु एकै दिन एकैपटकमा म्याराथन सहित ६ वटा इभेन्टहरु हुनेछन् ।”

नेपालको जेठो म्याराथनको रुपमा रहेको पोखरा म्याराथनको रुटलाई अन्तर्राष्ट्रिय एथलेटिक्सहरुको छाता संस्था (एम्स)ले प्रमाणित गरिसकेको बताउँदै रुट प्रमाणिकरण संगै पोखरा म्याराथनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको अध्यक्ष पराजुलीले बताए । मुख्य प्रायोजन संगको बैठकले फागुन ६ गतेको हुने पोखरा म्याराथनलाई सफल बनाउन प्रचार प्रसार संगै व्यवस्थापन पक्षलाई चुस्त बनाउन जोड दिएको उनले जानकारी दिए । “पोखरा म्याराथनमा यो वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरुको सहभागिता संख्या बढ्ने भएकोले पनि हामीले एक साता अगावै दर्ता प्रक्रिया रोक्ने विषयमा समेत गहन छलफल चलाएका छौं”:–उनले भने–“त्यस्तै पोखरा महानगरको सहकार्यमा पोखरा महानगर संग भगिनी संम्वन्ध रहेका विश्वका विभिन्न शहरका खेलाडीलाई समेत निमन्त्रणा पठाईसकेका छौं ।”

छलफलमा मञ्चका अध्यक्ष पराजुली सहित निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, द्वितिय उपाध्यक्ष खेम गुरुङ, कोषाध्यक्ष महेश पौडेल, कार्यसमिति सदस्य दिनेश श्रेष्ठ र मुख्य प्रायोजन सुजल डेरी प्रालिका ब्राण्ड म्यानेजर रोबिन काफ्ले, मार्केटिङ म्यानेजर विकाश कार्की, सुरो एडर्भटाइजिङका कार्यकारी निर्देशक द्वय सुदिप रेग्मी र रोशन रावतको सहभागिता रहेको थियो ।

मञ्चले १७ औं संस्करणको पोखरा म्याराथनका लागि पुरस्कार राशीमा समेत भारी वृद्धि गरिएको जनाउँदै चाँडैनै विस्तृत रुपमा जानकारी दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close