
पोखरा स्पोर्टस । समाजसेवी एव व्यवसायी कैलाश कायस्थले महिला टेनिस खेलाडीहरुलाई सहयोग गरेका छन् ।
अस्ट्रेलिया निवासी कायस्थ मातृभूमी नेपाल आएको बेला नेपाली महिला टेनिस खेलाडीहरुलाई सहयोग गरेका हुन् । उनले गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थको पहलमा सहयोग छन् ।
कायस्थले यू–१६ नेपाल नं २ र्याकिङ १९ औं एसियाडमा सहभागि खेलाडी सुनिरा थापा, यू– राष्ट्रिय र्याकिङ खेलाडी सिभाली गुरुङ र यू–१२ राष्ट्रिय र्याकिङ खेलाडी शाल्भी शेरचनलाई खेल पोशाक, जुत्तालगायत करिव १ लाख ६० हजार बराबरका सामाग्रीहरु सहयोग गरेका छन् ।
नेपालबाट अन्तर्राष्ट्रिय क्षेत्रमा सम्भावना रहेका नेपाली महिला खेलाडीहरु आफूले सहयोग गरेको कास्यथले बताएका छन् । यो सानो सहयोगले उनीहरुमा थप हौसला आउनेमा आफू विश्वस्त रहेको सहयोगी कायस्थले बताए ।
