१३ औं दक्षिण एशियाली  खेलकुदको नयाँ मिती घोषणा अब १ देखि १० डिसेम्बरमा हुने

पोखरा, २१ फागुन ।
नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद १ देखि १० डिसेम्बर, २०१९ मा आयोजना हुने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी गराईयो ।

भारतको गुवाहाटीमा सम्पन्न भएको १२ औं दक्षिण एशियाली खेलकुदका अवसरमा १३ औं संस्करण नेपालले आयोजना गर्ने भनि जिम्मा लिईएकोमा नेपालमा गएको महा भुकम्पका कारण भौतिक पूर्वाधार समयमानै सम्पन्न हुन नसकेकोले तोकिएको समयमानै प्रतियोगिता आयोजना गर्न नसकिएको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

उनले हालै बैंककमा आयोजना भएको ओलम्पिक काउन्सिलको बैठकका दौरान भएको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औं दक्षिण एशियाली खेलकुद २०१९ को डिसेम्बर १ देखि १० सम्म आयोजना गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराए । खेलकुद मन्त्रीको अध्यक्षतामा दक्षिण एशियाली खेलकुद डिसेम्बरमा आयोजना गर्ने अनुमती तथा निस्कर्ष सहितको बैठकको निर्णय पत्रका साथ राष्ट्रको प्रतिनिधित्व गरेका राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाको उपस्थितीमा बैककमा आयोजाना भएको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औं साग डिसेम्बर १ देखि १० सम्म काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको हो – श्रेष्ठले भनेका छन ।

यस अघि १३ औं साग मार्च ९ देखि १८ सम्म गर्ने निर्णय भएकोमा पूर्वाधार सम्मन्न नभएका कारण पुन सेप्टेम्बरमा आयोजना गर्ने सोच बनाएता पनि उक्त समयमा आयोजना गर्न असमर्थ भएको थियो ।

सागमा २३ खेल भएकोमा २ खेल आयोजक राष्ट्रले समावेश गर्न पाउने र जुनमा भएको बैठकले नेपाललाई एशियाली खेलकुदमा पद दिलाउन सफल खेल पाराग्लाईडिङ्ग र क्रिकेटलाई पनि समावेश गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

पत्रकार सम्मेलनमा युवा तथा खेलकुद सचिवले मन्त्री सहितको बैठकले १३ औं दक्षिण एशियाली खेलकुद नोभेम्बर १५ देखि डिसेम्बर १५ सम्म आयोजना गर्ने निष्कर्ष सहितको निर्णय पत्रका साथ सरकारको तर्फबाट राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालाई प्रतिनिधीको रुपमा पठाएकोमा दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले डिसेम्बर १ देखि १० सम्म आयोजना गर्ने निर्णय गरेको बताए । उनले अगष्ट सम्म सवै भौतिक पूर्वाधार सम्पन्न भईसक्ने र प्रतियोगिता आयोजना गर्न सरकार प्रतिवद्ध रहेको बताए । राष्ट्रको प्रतिष्ठा जोडिएको प्रतियोगितालाई समयमा नै सम्पन्न गर्न सवै पक्षका साथै खेलकुद पत्रकारलाई पनि उक्त अभियानमा लागि सहयोग गर्न आव्हान गरे ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले राष्ट्रको प्रतिष्ठा संग जोडिएको दक्षिण एशियाली खेलकुद आयोजना गर्नका लागि सवै किसिमका वाधा अवरोधलाई हटाई प्रतियोगिताको लागि आवश्यक बजेट निकाशा गर्नुका साथै भौतिक पूर्वाधारलाई पनि समयमै सम्पन्न गर्न परिषद दत्त चित्त भएर लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close