‘खेलकुद महोत्सव’ : पोखरामा राष्ट्रिय मुआथाई च्याम्पियनसिप सम्पन्न

पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित राष्ट्रिय मुआथाई यू–२३ च्याम्पियनसिप सम्पन्न भएको छ ।

‘खेलकुद महोत्सव’ अन्तर्गत आयोजित उक्त प्रतियोगितामा यू–२३ अन्तर्गत ६० केजी तौलमा काभ्रे मुआथाईका लक्ष्मण श्रेष्ठ विजयी भएका छन् । पोखरा स्ट्रोङ्गेस्ट मुआथाइका जस बहादुर गुरुङलाई पराजित गरी उनी बिजेता बनेका हुन् । सोही स्पर्धामा पोखरा स्ट्रोङ्गेस्ट मुआथाइका विवेक घिसिङ तेस्रो हुँदा माउन्टेन मुआथाईका सञ्जय राईले सान्त्वना स्थान प्राप्त गरे । त्यस्तै १२–१३ वर्ष मुनीको ४० केजी तौलको प्रतिस्पर्धामा ठेचो मुआथाईका रमित महर्जन पहिलो, पोखरा स्ट्रोङ्गेस्ट मुआथाइका सुरेश नेपाली दोस्रो र रकस्टार मुआथाईका सुगम थोकर तेस्रो भए । १५ वर्ष मुनीको ५० केजी तौलमा मेटल मुआथाईका करण रसाइली पहिलो, ठेचो मुआथाईका प्रशन्न राई दोस्रो हुँदा काभ्रे मुआथाइका सुजन परियार तेस्रो भएका छन् ।

त्यसै गरी भर्सेज फाइट ५५ केजी महिलातर्फ पोखरा स्ट्रोङ्गेस्ट मुआथाइकी कविता नेपाली पहिलो र काभ्रेकी चन्दा भुजेल दोस्रो हुँदा पुरुषतर्फ आशिष गुरुङ र पवन गिरी पहिलो र दोस्रो भए । त्यसै गरी ६५ केजी तौल भर्सेसतर्फ लेखनाथ डोजो मुआथाइका मोसेस कुमाल पहिलो, स्ट्रोङ्गेस्ट मुआथाइका विवेक कुंवर दोस्रो, ५५ केजीतर्फ स्ट्रोङ्गेस्ट मुआथाइका दिपेश ठाकुर पहिलो र नेपाल मुआथाइका क्रिश कुंवर दोस्रो, ३० केजी तौलमा काभ्रेका साजन तामाङ पहिलो, मेटल मुआथाईका अन्धोज दुरा दोस्रो भएका छन् भने ठेचो मुआथाईका आयूष मुआथाइका आयूष माझी पहिलो र लोम्साङ मुआथाईका आयुष तामाङ दोस्रो, ६५ केजी तौलमा लोप्साङकै जितेन्द्र राई पहिलो र राइनो मुआथाईका सोपाल गुप्ता दोस्रो भएका छन् ।

खेदकुद महोत्सव अन्तर्गत सुरु भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय र १० वटा महानगरस्तरीय गरी विभिन्न १६ वटा प्रतियोगिताहरु समावेश गरिएको पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन् ।

यस अघि प्रतियोगिताको सुभारम्भ गर्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले समृद्ध नेपालको निर्माण संगै पोखराको विकासका लागि खेलकुद विकासलाई प्राथमिकतामा राखिएको बताए ।

मेयर आचार्यले सो अवसरमा मुआथाईका संस्थापक अध्यक्ष एवं स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठलगायत १ दर्जन मुआथाइ खेलको विकासमा योगदान गर्नेहरुलाई प्रंशसापत्र द्वारा सम्मान गरे । कार्यक्रममा राखेपका पूर्व सदस्य सम्पन्न श्रेष्ठ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारलगायत सम्मानित भएका थिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङले खेलकुदलाई समाज संग जोडन अपरिहार्य रहेको बताए । त्यसै गरी सम्मानित व्यक्तित्व विष्णु गोपाल श्रेष्ठले पोखरा महानगरले गरेको खेलकुद विकासको अभियानलाई सबै पालिकाहरुले आत्मसात गर्नुपर्ने औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close