खेलकुद क्षेत्रमा फोहोरी राजनीतीको अन्त्य गरौं– खेलकुद मन्त्री श्रेष्ठ (भिडियो/फोटो फिचर)

पोखरा स्पोर्टस । यूवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदलाई फोहोरी राजनीतीको अन्त्य गर्नुपर्ने बताएका छन् ।

मन्त्रालय सम्हाले पछि पहिलो पटक पोखरा आएका मन्त्री श्रेष्ठले रंगशाला अवलोकन पश्चात आफ्ना भनाई राख्दै उक्त कुरा बताएका हुन् । नेपाली खेलकुदको विकासका लागि निजी क्षेत्र समेत निकै उत्साही रहेको रहेको बताउँदै खेलकुद क्षेत्रमा फोहोरी राजधानीको अन्त्य गर्न उनले आग्रह गर्दै भने–“अव खेलकुदमा फोहोरी राजनितीको अन्त्य हुन आवश्यक छ । जनैमा साँचो झुञ्डाए जसरी बन्धक बनाएर खेलाडी र खेलकुदको विकास अवरुद्ध नगरौ म यहि आह्वान गर्छु ।”

अवको राजनिती खेल विकासका लागि हुनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले भने–“म विनम्रता पूर्वक आग्रह गर्छु, खेल क्षेत्रको विकास गर्ने राजनिती गरौं । खेलाडीहरुको हितका लागि राजनिती गरौं । खेलाडीहरुको भविष्य उज्जवल बनाउने राजनिती गरौं । संरचना निर्माणका लागि राजनिती गरौं ।” खेलाडी र प्रशिक्षकहरुको मनोबल बढाउनेमा सबैको सहकार्य आवश्यक रहेको उनको जोड थियो ।

पोखरा रंगशाला देखेर आफू निकै उत्साहित भएको उनले भने–“पोखरा रंगशाला कुनै पनि अन्तर्राष्ट्रिय वा साउथ एसिया प्यासीफिकस्तरको प्रतियोगिता गर्न सक्षम छ भने मैले बुँझे तर पोखरा रंगशालाको संरक्षणको अभाव रहेछ । म काठमाण्डौ फर्किए लगतै जिल्ला खेलकुद मार्फत मर्मत सम्भार गर्न केही सहयोग पक्कै गर्छु ।”

“नेपाली खेलकुदको अवस्था के छ ? हाम्रा पूर्वाधार के कस्ता छन भन्ने पनि बुझ्न पोखरा आएका हौं”–मन्त्री श्रेष्ठले भने–“हामी राजधानी केन्द्रित मात्रै किन ?” उनले प्रश्न गर्दै भने–“खेल विकासका लागि विकेन्द्रित हुन आवश्यक छ । यहाँका संरचनाले मलाई के मा पनि उत्साही बनायो भने यहाँका पूर्वाधारहरु निर्माणका लागि धेरै जसो खेलाडी र नगारिकहरुको स्वतस्फूर्त सहयोग रहेछ । त्यसैले पनि मलाई चिन्ता लागेको छ ।”

पोखराका खेल पूर्वाधारहरु संरक्षण अभाव आफूले भ्रमणको क्रममा देखेको बताउँदै क्रिकेट, टेनिस, स्क्वास लगायत खेल पूर्वाधारहरु निकै राम्रो रहेको बताउँदै मन्त्री श्रेष्ठले भने–“यहाँका खेल मैदानको सूचि तयार गरी र वार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिन म आग्रह गर्छु ।”

खेलकुद मन्त्रालयले सबै यहाँका समस्याहरु समाधान गर्न तयार रहेको जनाउँदै खेलाडी र प्रशिक्षकहरुको मनोवल उच्च बनाउने गरी कार्य गर्नुपर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close