
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले बक्सिङ प्रशिक्षक प्रियङ्का बर्मालाई बिदाई गरेको छ ।
नेपालकी एक मात्र महिला बक्सिङ प्रशिक्षक वर्मा परिषद अन्तर्गत स्वयसेवी प्रशिक्षकको रुपमा विगत एक वर्ष देखि कार्यरत रहेकी थिइन् । उनी थप अध्ययनको शिलसिलामा अमेरीका जान लागेकी हुन् ।
परिषदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी समिति सदस्यद्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसालले संयुक्तरुपमा माला, अविर र मायाँको चिनो समेत दिएर उनलाई विदाई गरे ।
सो अवसरमा सदस्य सचिव शर्माले उनको उज्जवल भविष्यको कामना गर्दै अध्ययन पश्चात देश सेवामा फर्किन आग्रह गरे ।
प्रशिक्षक वर्मा अमेरीकास्थित वेवस्टन विश्वविद्यालयमा मास्टर्स इन किनेसीयोलोजी विषयमा अध्ययन गर्न जान लागेकी हुन । उनी बुधबार अमेरीका प्रस्थान गर्ने भएकी छन् ।
