नेपाल एडभेन्चर रनिङ फेडेरेशनको अध्यक्षमा कुँवर सर्वसम्मत

पोखरा स्पोर्टस । नेपाल एडभेन्चर रनिङ फेडेरेशनको अध्यक्षमा एकेन्द्र बहादुर कुँवर निर्वाचित भएका छन् ।

काठमाडौंमा सोमबार सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा निर्वाचनले कुँवरको अध्यक्षतामा आगामी चार वर्षका लागि १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ भने ८ जना मनोनयन भएका छन् । 

निर्वाचित अध्यक्ष कुँवर राष्ट्रिय खेलकुद परिषदको कार्यकारी सदस्य समेत हुन् ।

त्यसं गरी संघको वरिष्ठ उपाध्यक्षमा राजन खत्री मनोनयन भएका छन् भने उपाध्यक्षमा जगन्नाथ तिमल्सिना, मिरा राई र मनबहादुर खत्री निर्वाचित हुँदा होमराज खपाङ्गी मगरलाई उपाध्यक्षमा मनोनयन गरिएको छ ।

यस्तै फेडेरेशनको महासचिवमा सुवास थापा तथा सचिवमा विनायक जय मल्ल,  टगतबहादुर कुवँर निर्वाचित भए भने सचिव पदमा नै रविन्द्र थापा मनोनित भएका छन् ।

कोषाध्यक्षमा रिकेश योन्जन निर्वाचित भए भने सह–कोषाध्यक्षमा संगिता रोकाया मनोनित भएकी छन् ।

संघको सदस्यमा शहदेव व्यन्जनकार, राजमान महर्जन, सुजितकुमार श्रीवास्तव, चन्द्रबहादुर थापा, प्रविशकुमार महतो, प्रीति खत्री, जगत सिंह धामी, सूर्य बूढाथोकी, डा. सुदिन महर्जन  र बाबुराज श्रेष्ठ रहेका छन् ।

यस अघि फेडेरेशनको प्रथम वार्षिक साधारण सभाको उद्घाटन राखेपका सदस्य सचिब टंकलाल घिसिङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close