नेपाल कराते महासंघको साधारण सभा सम्पन्न

पोखरा स्पोर्टस । नेपाल कराते महासंघको बार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहित सर्वसम्मत रुपमा सम्पन्न भएको छ ।

मधेस प्रदेशस्थित निजगढमा सम्पन्न भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उदघाटन गरेका हुन् । सो अवसरमा सदस्य–सचिव घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा कराते खेलले हासिल गरेको उपलब्धी खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताए ।

लामो समयदेखि विवादित रहेको करातेलाई एकिकृत बनाउन आफूले निर्वाह गरेको दावी गर्दै खेलक्षेत्रमा नै चलायमन रहेको कराते खेल प्रति न्याय गरेको उल्लेख गरे । उनले त्यसैको फलस्वरुप नै १९ ओै एशियन गेम्समा करातेले रजत पदक हासिल गर्न सफल रहेको बताए ।

साधारण सभामा मधेश प्रदेश सांसद मीना लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतको सहभागिता रहेको थियो ।

महासंघका अध्यक्ष युवराज लामाले भावी योजना, तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरुसहित कराते खेलले हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको बताउँदै आभार समेत व्यक्त गरे ।

कार्यक्रममा महासचिव दावा गुरुङगले प्रगति प्रतिवेदन र महासंघको आर्थिक प्रतिवेदन कोषाध्यक्ष किशोर प्रसाद भट्टराईले प्रस्तुत गरेका थिए ।

साधारणसभामा नेपाल कराते महासंघका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न ७ प्रदेशका प्रतिनिधि, पर्यबेक्षक लगायत करिव एक सय जना सहभागी रहेका थिए । साधारण सभाले नेपाल कराते महासंघ कार्यसमितिले पेश गरेको बिधान संसोधन प्रस्तावलाई प्रथम साधारण सभावाट अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close