
पोखरा स्पोर्टस । विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपाली खेलाडी खगेन्द्र क्षेत्रीले रजत पदक जितेका छन् ।
थाइल्याण्डको फुकेटमा जारी ‘छैटौं विश्व मुवाँथाई च्याम्पियनसिप’मा खगेन्द्र अमेरिकी खेलाडी संग फाइनलमा पराजित हुँदै रजत पदक जितेका हुन् । उनी फाइनलमा इली बोनर संग पराजित भएका थिए ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य समेत रहेका खगेन्द्र मुवाँथाईको दुई महिने लामो प्रशिक्षणका लागि थाइल्याण्डमा नै छन् । ७३ किलो तौल समुहमा फाइटका लागि रिङ्गमा उत्रिएका खगेन्द्रको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता समेत हो ।
पोखरा स्पोर्टस संग कुरा गर्दै खगेन्द्रले विश्व मुवाथाई च्याम्पियनसिपमा अधिकांश तौलमा अमेरीकी खेलाडीहरुको दबदबा रहेको बताए । उनले भने–“९० प्रतिशत अमेरिकी खेलाडीहरुले स्वर्ण पदक जितेका छन् । यद्यपी मुवाँथाई खेल भने थाइल्याण्डको मुख्य खेल मध्येको एक हो ।”
