
पोखरा स्पोर्टस । नेपालका गुमान घर्ती मगर १९ औं विश्व मुवाँथाइ च्याम्पियनसिपको एमेच्योरतर्फ पुरुष ५७ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गुमानले उज्वेकिस्तानका बर्नोएभ अजिजलाई नकआउट आधारमा पराजित गरी सेमिफाइनलमा पुगेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका हुन् ।
पुरुष ५१ केजीमा सुशिल शाह ठकुरी, पुरुष ५४ केजीमा गुणराज रुचाल र महिला ४५ केजीमा परिका बतास फाइनलमा पुगे । तीनै खेलाडी वाइ पाएर फाइनलमा पुगेको अध्यक्ष कक्षपतिले जानकारी गराए ।
