नेपाली जुनियर टेनिस टोली मलेसिया प्रस्थान

पोखरा स्पोर्टस । विश्व जुनियर टिम टेनिस प्रतियोगिता (डब्लुजेटीसी गर्ल्स टिम) फाइनल क्वालिफाइङ इभेन्टमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।

मार्च १८ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा शिभाली गुरुङ र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन् । सरावक लनटेनिस संघको आयोजनामा हुन लागेको टिम प्रतियोगितामा सहभागीले दुई सिंगल्स र एक डबल्स स्पर्धा खेल्नु पर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

प्रशिक्षकमा कान्छा खड्गे रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close