
पोखरा स्पोर्टस । आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगितामा सहभागिता जनाउन हिंडेको गण्डकी प्रदेशको पुरुष टोलीलाई बुल्समेन क्लब तथा बुल्समेन प्लेग्राउण्ड पोखरा रंगशालाले बिदाई गरेको छ ।
क्लबका संरक्षक सुनिल गुरुङ, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ, क्लबका अध्यक्ष नुना गुरुङ, क्लबका महासचिव उदिम गुरुङ तथा सहसचिव विमल खाँड लगायतले खादा लगाई बिदाई गरेका हुन् ।
यसै बीच गण्डकी प्रदेशका भलिबल खेलाडी रबी केसी जापान जाने भएका छन् । गण्डकी भलिबल टिमका उत्कृष्ट खेलाडीको रुपमा पहिचान बनाएक रबी बैदेशिक रोजगारीका सिलसिलामा जापान जाने भएका हुन् । रबी प्रतियोगिता सम्पन्न भए लगतै जापान प्रस्थान गर्ने गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङले जानकारी दिए । खेलाडी बिदाईको अवसरमा उनको उज्वल भविष्यको शुभकामनासहित विदाई गरिएको छ ।
गण्डकी प्रदेशको टोलीको कप्तानी खोम प्रसाद पाण्डे ‘हरि’ले गर्ने छन । खेलाडीहरुमा सरोज बर्देवा, हिमाल सुनारी, ईन्द्र विक, विश्वास अधिकारी, सुजन चोख्याल, विवश आले मगर, सन्तोष विक, रवी केसी, राजन दर्लामी मगर, कुन्जन शाही,नर बहादुर सुनार रहेका छन् ।
टिम प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा तेजेन्द्र बाँनिया तथा टिम व्यवस्थापकमा केशव सुवेदी रहेका छन् ।
आठौं आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगितामा कुनै पनि विदेशी खेलाडी बिना गण्डकीको टिम मैदानमा उत्रिने भएको छ । विभागिय टोली बाहेक अन्य सहभागि क्लबहरुले भारतीय र पाकिस्तानी तीन–तीन जना खेलाडी टिममा भित्राएका छन् । गण्डकीले भोली (शनिबार) हुने उद्घाटन खेलमा नेपाल आर्मीको त्रिभुवन क्लबको सामना गर्नेछ ।
सो अवसरमा क्लबका संरक्षक सुनिल गुरुङले विदाईको क्रममा टिमलाई नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरी शुभकामनासहित बिदाई गरेका थिए ।
यसै बीच गण्डकी प्रदेशका भलिबल खेलाडी रबी केसी जापान जाने भएका छन् । गण्डकी भलिबल टिमका उत्कृष्ट खेलाडीको रुपमा पहिचान बनाएक रबी बैदेशिक रोजगारीका लागि जापान जाने भएका हुन् । रबी प्रतियोगिता सम्पन्न भए लगतै जापान प्रसथन गर्ने गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङले जानकारी दिए । खेलाडी बिदाईको अवसरमा उनको उज्वल भविष्को शुभकामनासहित विदाई गरिएको छ ।
