
पोखरा स्पोर्टस । नेपाली पुरुष टोलीले बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
नेपाल र इन्डोनेसिया विच भएको प्रतियोगितामा इन्डोनेसियालाई २९ अंकले जित हासिल गरेको हो । नेपालले प्रतियोगितामा ४७ अंक बटुल्दा इन्डोनेसियाले १८ अंकमा चित्त वुझायो ।
नेपालले इन्डोनेसिया विरुद्ध उत्कृष्ट खेल पदर्शन गरेको अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जनाएका छन् । उक्त खेलमा नेपालका प्रदीप मिजार ‘म्यान अफ द म्याच’ चुनिए । उनले १० हजार टाका नगद पुरस्कार पाएका छन् ।
