बागमती अन्तर प्रदेशका लागि गण्डकीमा तेक्वान्दो खेलाडी छनौट गरियो

पोखरा स्पोर्टस । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीबाट तेक्वान्दो खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघको ब्यवस्थापनमा दुई दिन सञ्चालन भएको प्रतियोगिताबाट २२ जना खेलाडी छनौट गरिएको संघले जनाएको हो ।

छनौट भएका पुरुष खेलाडीहरुमा ५४ केजी मुनी आभाष महतो, ५८ केजी मुनी रन्जन परियार, ६३ केजी मुनी हरिबहादुर परियार, ६८ केजी मुनी गगन सुनुवार, ७४ केजी मुनी शंकर पौडेल, ८० केजी मुनी खुसीमान गुरुङ र ८७ केजी माथी विपिन खत्री छनौट भएका छन् ।

त्यसै गरी महिलातर्फ विभिन्न तौलमा महिमा महतो, इशा महतो, पुजा जैशी, रेजिना विक, सोनिया माझी, रोजिना परियार र गोमा देवी थापा रहेका छन् ।

पुम्से पुरुष एकलतर्फ आयुष गुरुङ र महिलातर्फ रितु बुढाथोकी, पेयर पुम्सेतर्फ आयुष गुरुङ र रिता बुढाथोकी रहेका छन् । त्यसै गरी टिम पुम्सेतर्फ आयुष गुरुङ, नवदिप र अनमोल रहेका छन् भने महिला टिम पुम्सेतर्फ रितु बुढाथोकी, मनिषा परियार र आशिका मानन्धर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close