
पोखरा स्पोर्टस/तस्विर : सुदर्शन रञ्जित । पिकलबल संघ नेपालको आयोजनमा दुई दिने एनएसएल नेपाल ओपन अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता शुक्रबारबाट भएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगितामा नेपालसहित बेलायत, अमेरीका, भारत, सिङ्गापुर, थाइल्यान्डलगायत आठ देश सहभागि रहेका छन् ।
१२० खेलाडी सहभागी प्रतियोगितामा एमेच्योर, इन्टरमिडियट र एडभान्स तीन इभेन्टमा गरी १९, ३५, ५० र ६० वर्षमाथि उमेर समुहमा प्रतिस्पर्धा सुरु भएको छ । प्रतियोगितामा नेपालका नं एक टेनिस खेलाडी प्रदिप खड्का समेत सहभागि छन् । उनले पहिलो पटक पिकलबलमा सहभागिता जनाएका हुन् । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

