प्रदेश स्तरिय छनोटका लागि स्वयंसेवक प्रशिक्षण

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने गण्डकी प्रदेशस्तरिय छनोटका लागि स्वयंसेवक प्रशिक्षण सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीले तिन दिन सम्म सञ्चालन हुने प्रतियोगिताका लागि ५० जना स्वयं सेवकहरु परिचालन गर्ने भए संगै उनीहरुलाई प्रशिक्षण समेत दिएको हो । स्वयं सेवकका लगि सहारा एकेडेमी, गण्डकी विश्वविद्यालय, विभिन्न खेलकुद संघहरु, स्काउट, एनसिसीहरु परिचालित गरिने सदस्य सचिव तेज बहादुर गुरुङले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा सदस्य सचिव गुरुङले तिन दिन सम्म हुने प्रतियोगिताका बारेमा जानकारी गराउँदै स्वयसेवकले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा शिक्षाविद् विकल शेरचनले स्वयंसेवकहरुको कर्तव्यका बारेमा भनाई राख्दै सामाजिक रुपान्तरणका लागि खेलकुद अपरिहार्य भए संगै व्यक्तित्व निर्माणका लागि समेत रुपान्तरण आवश्यक रहेको कुरा औंल्याएका थिए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य तथा स्वयंसेवक उपसमितिका संयोजक गिरमान गुरुङले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close