अन्तर प्रदेश राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट ब्याडमिन्टन छनौट सम्पन्न

पोखरा स्पोर्टस । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती ब्याडमिन्टन प्रदेश संघले खेलाडी छनौट सम्पन्न गरेको छ ।

प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजनामा यहि चैत २ गते देखि ८ गते सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि ब्याडमिन्टनतर्फको छनौट खेल सम्पन्न गरिएको हो ।

छनौट भएका खेलाडीमा पुरुषतर्फ सक्षम ढकाल, राजु गरंजा र सुमन शाक्य छन् । त्यसै गरी महिलातर्फ तिसा रानी शाक्य, एकु थापा मगर र श्रेया बज्रचार्य रहेको बागमती प्रदेश ब्याडमिन्टन संघका उपाध्यक्ष केवल बाँनियाले जानकारी दिएका छन् ।

छनौट कार्यक्रमको संयोजकमा रुद्र थिङ र बागमती प्रदेश ब्याडमिन्टन संघका उपाध्यक्ष श्याम महर्जन रहेका थिए ।

छनौट प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पूर्व प्रदेश सांसद राजकाजी महर्जन र राखेपका पूर्व सदस्य सुभाष श्रेष्ठले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close