जापानी व्यवसायी ‘आवा रोएता’को नेपाली खेलकुदमा चासो

पोखरा स्पोर्टस । जापानी ब्यवसायीले नेपाली खेलकुद विकासमा चासो देखाउन थालेका छन् ।

त्यस्तै जापानको ओकिनावास्थित प्लेन्टी कम्पनीका अध्यक्ष समेत रहेका ‘आवा रोएता’ले नेपाली खेलकुदमा चासो देखाएका हुन् । राष्ट्रिय यूवा संघ नेपालले आयोजना गरेको केपी ओली कप च्याम्पियनसिप २०२४ को समापनको अवसरमा नेपाल आएका उनले नेपाली खेलकुदमा चासो देखाएको यूवा संघ खेलकुद विभाग प्रमुख सम्पन्न श्रेष्ठले जनाएका छन् ।

समापनका अवसरमा जापानी व्यवसायीलाई नेपाली खेलकुदमा देखाएको चासो प्रति सम्मान गरिएको श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“एक जापानी ब्यवसायीले नेपाली खेलकुदको विकासका लागि देखाएको चासो र खोजी प्रति हामी सकारात्मक रहेका छौं । उनले नेपाली खेलकुदको देखाएको सम्मानका लागि नै हामीले उनलाई समापनका अबसरमा सम्मान गरेका हौं ।”

जापानी ब्यवसायी रोएता यूवा संघको निमन्त्रणामा नेपाल आएका थिए । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा उनलाई अध्यक्ष ओलीले सम्मानपत्र द्वारा सम्मान गरेका थिए ।

जापानी ब्यवसायी रोएताले आफूले आगामी दिनमा नेपाली खेलकुदको विकासमा सहकार्य गर्ने र नेपालमा आयोजना हुने प्रतियोगिताहरुमा समेत जापानी खेलाडीहरुलाई आफ्नो तर्फबाट सहभागिता गराउन प्रयास गर्ने जनाएको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close