१३ औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन : पविन र क्षितिज सेमिफाईनलमा

पोखरा स्पोर्टस । त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बाहेकको पुरुष एकलमा अन्तिम ४ मा प्रवेश गरेका छन् ।

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न क्वाटरफाईनल खेलमा पविनले पाँचथरका दिवस शंकरलाई २१–१९, २१–१७ ले तथा क्षितिजले एपिएफकै अरुण अधिकारीलाई २१–१०, २१–१० ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।

यस्तै सेमिफाईनलमा स्थान बनाउने अन्यमा एपिएफका रोशन साउद र नखिपोटका बिवेक चौधरी रहेका छन् । साउदले एपिएफकै सुजन थापालाई २१–१४, २१–१४ को समान अन्तरमा र चौधरीले एपिएफका भोज बहादुर गुरुङ्गलाई ७–२१, २१–१९, २२–२० ले पराजित गरेका हुन् ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको शिर्ष ८ बाहेकको महिला एकल तर्फको खेलमा नेपाल पुलिसकी सुष्मा श्रेष्ठ, कास्कीकी दिलाशा राई, पोखरा स्पोर्टस् ब्याडमिन्टन क्लबकी आयुष्मा नेपाल र बेलटार ब्याडमिन्टन एकेडेमीकी राजी राईले अन्तिम चारमा स्थान पक्का गरे ।

सुष्माले आर्मीकी बिष्णा बिष्टलाई २१–१७, १८–२१, २१–१७, दिलाशाले कैलालीकी एलिना सुनारलाई २१–१९, २४–२२, आयुष्माले ललितपुरकी श्रेया बज्राचार्यलाई १४–२१, २१–१०, २१–१८ र राजीले आर्मीकी शेष्ना श्रीपालीलाई २१–१६, १२–२१, २१–१५ ले पराजित गरेका हुन् ।

यु–१३ गल्र्स तर्फ सेमिफाईनल प्रवेश गर्नेमा मध्यपुरकी स्वर्लिन श्रेष्ठ, दीपक ब्याडमिन्टन एकेडेमीकी उपासना बोहरा, बेलटार एकेडेमीकी दिया राइ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री रहेका छन् ।

यस्तै यु–१७ ब्वाईज तर्फ एपिएफका अरुण अधिकारी, आर्मीका सुप्रिम पन्त र रिभाईभका किरण न्यौपाने रहेका छन् । मास्टर्स ४५ प्लसमा रिभाईभ लिजर पार्कका सुक्र पाख्रिन र भिम बहादुर थापाको जोडी, ललितपुरका मधु गुरुङ्ग र प्रकास राईको जोडी, पाँचथरका दीपक आङ्गदम्बे र कुस्माका प्रेम गुरुङ्गको जोडी तथा पर्फेक्ट फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीले पनि सेमिफाईनलमा स्थान बनाउन सफल भए ।

खेलाडीहरुका लागि बिमा
राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले पहिलो पटक खेलाडीहरुका लागि बिमाको ब्यवस्था गरेको छ ।

संघले लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरुका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरेको संघका सचिव पुर्णभक्त चित्रकारले जानकारी गराएका छन् ।

चित्रकारका अनुसार प्रतियोगिताका दौरान हुने दुर्घटनालाई मध्यनजार राख्दै खेलाडीहरुको दुर्घटना भएको खण्डमा उपचारका लागि खेलाडीहरुले उक्त बिमा उपयोगमा ल्याउन सक्ने छन् । प्रतियोगितामा कुल २७४ खेलाडीहरुको सहभागिता रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close